नेपाल विज्ञापन संघ (आन)को निर्वाचन आचार संहिता २०८०
विज्ञापन संघको (आन)को महत्व तथा गरिमालाई संरक्षण गर्न यस संघसंग आबद्ध सदस्यकम्पनी, फर्म, संघका पदाधिकारी सदस्यहरुको आचरण तथा क्रियाकलाप मर्यादित, सन्तुलित, तथापारदर्शी हुन अति आवश्यक भएकाले संघको बिधान अन्तर्गत रही संघको कार्यकारिणी समितिले देहाय वमोजिमको आचार संहिता निर्माण गरि लागु गर्न बाञ्छनिय भएकोले यो निर्वाचन आचार संहिता बनाई लागुगरिएको छ ।
१.संक्षिप्त नाम तथा प्रारम्भ
ः१.१ यस आचार संहिताको नामः
नेपाल विज्ञापन संघ (आन) को निर्वाचन आचार सहिता, २०८०रहेको छ ।
१.२ यो आचार संहिता नेपाल विज्ञापन संघ (आन) को ११औं कार्यसमितिको निर्वाचन प्रयोजनका
लागि निर्वाचन समिति गठन पश्चात तुरुन्त प्रारम्भ हुनेछ ।
१.३ यो आचार संहिता नेपाल विज्ञापन संघको (आन) को ११औं कार्यसमितिको निर्वाचन पश्चात
स्वतः खारेज हनेछ ।
२. परिभाषा ः
२.१ बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आचार संहितामा,
१.१.१ “आचार संहिता” भन्नाले नेपाल विज्ञापन संघ (आन) को बिधान अन्तर्गत बनेको निर्वाचानआचार संहिता २०८० लाई सम्झनुपर्दछ ।
२.१.२. “संघ” भन्नाले नेपाल विज्ञापन संघ(आन) लाई सम्झनुपर्दछ ।
२.१.३. “कार्यसमिति” भन्नाले यस संघको बिधान बमेजिम गठित संघको कार्य समिति लाई सम्झनुपर्दछ ।
२.१.४. “पदाधिकारी” भन्नाले यस संघको बिधान बमेजिम गठित संघको कार्य समितिको पदाधिकारीलाई सम्झनुपर्दछ ।
२.१.५. “कार्यसमिति सदस्य” भन्नाले यस संघको बिधान बमेजिम गठित संघको कार्यसमितिकोसदस्य लाई सम्झनुपर्दछ ।
२.१.६. “बिधान” भन्नाले नेपाल विज्ञापन संघ (आन) कोबिधान २०४७ र समय समयमा सो कोहुने संसोधन समेत लाई सम्झनुपर्दछ ।
२.१.७. “सदस्य” भन्नाले नेपाल विज्ञापन संघ (आन) को बिधानले परिभाषा गरे बमोजिमको सदस्य लाई सम्झनुपर्दछ ।
२.१.८ “साधारणसभा” भन्नाले नेपाल विज्ञापन संघ (आन) को बार्षिक साधारणसभा र बिशेष साधारणसभा समेत लाई सम्झनुपर्दछ ।
३. आचार सहिता ःसंघको सदस्य, कम्पनी, साझेदारी फर्म, व्यक्तिगत फर्म वा संघको कार्य समितिका पदाधिकारी वा सदस्यहरुले निम्न बमोजिमको आचार सहिता पालना गर्नु पर्नेछ ।
३.१. संघको सदस्य, कम्पनी, साझेदारी फर्म, व्यक्तिगत फर्म वा संघको कार्य समिति पदाधिकारी वा सदस्यहरुलेआधारभुत सिद्धान्तको प्रतिकुल हुने कार्य गर्नु गराउनु हुदैन ।
३.२. प्रचलित कानुन बिपरित कसुर वा अपराध ठहरिने कुनै कुरा गर्न वा गर्न प्रेरित, प्रोत्साहन दिनुहुदैन ।
३.३. कसैलाई दुःख दिने वा प्रतिसोध लिने उदेश्यले अस्वस्थ्य प्रतिस्पर्धा गर्नुहुदैन ।
३.४. संघको रकम हिनामिना, नास्न, मास्न वा पचाउने नियतले कार्य गर्न हुदैन । संघको पदाधिकारी वा का.स.सदस्य पदमा उम्मेदवार हुन संघलाई तिर्न बांकी बक्यौता भएको हुनुहुदैन, हर हिसावपर्छौट भएको हुनुपर्दछ ।
३.५. संघका सदस्य वा पदाधिकारीहरुले कुनै कुरा लिखित वा मौखिक रुपमा प्रस्तुत गर्दा आदर रसम्मान जनक व्यवहार प्रदर्शन गर्नुपर्दछ ।
३.६. संघका सदस्य वा पदाधिकारीहरुले सामाजिक संजाल तथा डिजिटल मिडिया वा प्रिन्ट मिडियामा बिचार राख्दा, सुचना सम्प्रेसण गर्दा अश्लिल तवरले वा कसैको अनादर गर्ने, मान मर्दन गर्ने हिसावले गर्नु गराउनुहदैन ।
३.७. व्यापारिक वा औधोगिक बिबादहरुमा पारस्परिक संवाद र सहमतिको प्रकृयालाई अबरोध गर्ने हिसावले कुनै कार्य गर्न गराउन हुदैन।
३.८. संघ वा सो अन्तर्गतको समिति, उपसमितिहरु समक्ष झुठ बिबरण पेश गर्नु हुदैन ।
३.८ संघ, पदाधिकारी, का.स.सदस्य वा अन्य सदस्यहरुको बारेमा नकारात्मक टिका टिप्पणी,अनावश्यक आरोप, मिथ्या, काल्पनीक बिषयमा उजुरी दिनुवा दिन लगाउनुहुदैन ।
३.९. संघ, पदाधिकारी, का.स.सदस्य वा अन्य सदस्यहरुको बारेमा प्राप्त सुचना गैह्रकानुनी तवरबाटप्रचार प्रसार वा प्रेशित गर्नुहुदैन ।
३.१०. संघको निर्वाचानमा उम्मेदवारहरुलेनिर्वाचित हुने अभिप्रायले खर्चिलोर भड्किलो प्रचारप्रसारवा बिज्ञापन गर्नु गराउनुहुदैन ।
३.११.संघको बिधान, बिनियमावली, आचारसंहिता लगायत संघको निणर्य, सुचना तथा निर्देशनकोअवज्ञा वा उल्लंघन गर्नुगराउनुहदैन ।
३.१२.संघको पदाधिकारी वा सदस्यले पदिय हैसियतमा प्राप्त गरेको सुचनाको गोपनियता भंग गर्नुगराउनुहुदैन ।
३.१३ संघको बैठकहरुमा काबुबहिरको परिस्थिति नपरि अनुपस्थिथित रहनुहुदैन । साथै बैठकमाउपस्थित हुने तर उपस्थितिमा सहि नगर्ने गर्नु हुदैन ।
आफुलाई कुनै निणर्यमा फरक मत राख्नआवश्यक भएमा बिधान बमोजिम प्रकृया पुरा गरि आफ्नो फरक मत जाहेर गर्न सकिनेछ ।
३.१३ संघको अध्यक्ष एवं कार्य समितिको पदाधिकारी र सदस्यहरुको निर्वाचानमा फजुल खर्च एवंअस्वस्थ्य परिपाटि हुन नदिन निम्न बमोजिम आचार संहिता पालना गर्नुपर्नेछ ।
३.१३.१. संघको अध्यक्ष एवं कार्य समितिको पदाधिकारी र सदस्य पदको उम्मेदवारहरुको लागि ५/३ फिट भन्दा ठुलो तुल, व्यानर, पर्चा, पोष्टर, प्रचार समाग्रि बनाई प्रचार प्रसार गर्न गराउनहुदैन ।
३.१३.२. संघ अन्तर्गतको कुनै पदमा निर्वाचित हुनेअभिप्रायले तडक भडक तथा नचाहिदो प्रचारप्रसार गर्न गराउन हुदैन ।
३.१३.३. कसैको पनि प्रतिष्ठामा आंच पुग्ने गरि बोलेर, लेखेर वा सांकेतिक रुपमा कुनै गैह्र जिम्मेबारीपुणर् कृयाकलापहरु गर्नु गराउनुहुदैन ।
३.१३.४. संघको निर्वाचनको सन्दर्भमा निर्वाचन समितिले निर्धारण गरेको समयमा आफ्नो बिचारसालिनता पुर्वक राख्नुपर्नेछ ।
३.१३.५. संघको निर्वाचनको सन्दर्भमा मतदाता, निर्वचन समिति, सचिवालयका कर्मचारी वानिर्वाचनको लागि खटिएका व्यक्तिहरु लाई धम्क्याउने, तर्साउने, प्रलोभनमा पर्ने कार्य गर्नु गराउनुहुदैन ।
३.१३.६. प्रचलित ऐन, नियम, कानुन वा तोकिए बमोजिम गर्न नहुने अन्य कार्य, गर्नुगराउनुहुदैन।
४.निर्वाचन समितिको सुचना जानकारी ः
४.१. संघको निर्वाचनको सन्दर्भमा संघको महत्व तथा गरिमालाई संरक्षण गर्न, संघका पदाधिकारीएवं सदस्यहरुको निर्वाचन टथस्थ, मर्यादित, सन्तुलित, तथा पारदर्शी र विश्बस्निय बनाउन संघकोबिधान अन्तर्गत रही संघको कार्य समितिले अधिबक्ता शिबराज धिताल प्रमुख निर्वाचन अधिकृत रहेनेगरि निर्वाचन समिति गठन गरेको छ ।
४.२. निर्वाचन समितिलाई आवश्यक अन्य सदस्य आवश्यकताका आधारमा प्रमुख निर्वाचन अधिकृतले नै नियुक्ति गर्ने र कार्य बिभाजन समेत गर्नेछ ।
४.३ं निर्वाचान समितिले आप्mनो कार्यबिधि प्रचलित ऐन नियमको अधिनमा रहि आफैतय गरि लागुगर्नेछ ।
निर्वाचन समितिले विधानमा व्यवस्था भए वमोजीम निर्वाचन प्रयोजनका लागी मतपत्रको डिजाईन मतदान प्रकृया उम्मेद्धारले पालन गर्नु पर्ने नियम सर्त र मत गणना लगायत आफनो कार्यविधि तय गरी कार्यान्वयन गर्न सक्नेछ ।
४.४ं निर्वाचान समितिको सचिवालय संघको सचिवालय शान्तिनगर, काठमाण्डौंमा रहने छ ।
४.५ं निर्वाचान समितिलेसंघको सचिवालयमा कार्यरत कर्मचारीहरुलाई निर्वाचनको लागि परिचालनगर्न सक्नेछ ।
४.५ं निर्वाचान समितिले संघको निर्वाचन लाई पारदर्शी बनाउन जि.प्र.का. का प्रतिनिधि लाई आमन्त्रीत गर्न सक्नेछ ।
साथै निर्वाचनलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको सहयोग माग्न समेतसक्नेछ ।
४.६ं निर्वाचान समितिलेसंघको सचिवालयमा रहेको भौतिक तथा अन्य आवश्यक स्थान, उपकरणतथा सेवा सुबिधा उपयोग गर्न सक्नेछ ।
४.७ं निर्वाचान सम्बन्धमा कुनै बिबाद उठेमा प्रमुख निर्वाचन अधिकृतको निणर्य अन्तिम हुनेछ ।
४.८.निर्वाचन समितिले मतदाता नामावली तथा निर्वाचन सम्बन्धि सुचना वा जानकारीहरु प्रकाशनगर्दा संघको सूचना पाटिमा प्रकाशन गर्नेछ ।
संघको सूचना पाटिमा प्रकाशित सुचनाआधिकारीक हुनेछ । सथै उक्त सुचना सदस्यहरुको सुबिधाको लागि संघको आधिकारीकबेभसाईटमा यथाशिघ्र प्रकासन गरिने छ र सम्भब भए सम्म इमेल वा अन्य संचारकामाध्यमबाट समेत सुचना सम्प्रेसण गरिने छ ।
४.९ निर्वाचन सम्बन्धि सम्पुणर् कार्य निर्वाचन समतिको सचिवालयमा र मतदानको कार्यक्रम साधारणसभा स्थल होटल अनन्या, नागपोखरी, नक्सालमा हुनेछ ।
४.१० निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागी आवश्यक पर्ने मुचुल्का, मतपत्रलगायतका अन्य कागजात लिखित तयार गरी लागु गर्नेछ ।
४.११. निर्वाचन समितिले उम्मेदवार मनोनयनपत्र , मतपत्रको वैधताका लागी प्रमुख निर्वाचनअधिकृतको आधिकारीक दस्तखत गर्ने र नवनिर्वाचित कार्य समितिलाई प्रमाण पत्र वितरणगर्नेछ ।
४.१२ निर्वाचन समितिले निर्वाचन कार्य सम्पन्न गर्दा गोप्य मतदान प्रणाली अपनाउनेछ ।
४.१४.निर्वाचनमा उम्मेद्धारहरुको मत वरावर भएमा प्रमुख निर्वाचन अधिकृतले गोला प्रथाद्धारा
विजयी उम्मेद्धार घोषणा गर्नेछ ।
४.१४.निर्वाचन सम्पन्न भए पश्चात मत गणनाको नतिजा प्रकाशित भएपछि निर्वाचित पदाधिकारीतथा सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृतलेसपथ ग्रहण गराई प्रमाण पत्र वितरण गरिनेछ।
५.मतदाता नामावली प्रकासनः
५.१. निर्वाचन समितिले संघको २४औ साधारणसभामा भाग लिन र मतदान गर्न तथा उमेदवार हुनयोग्य भनि संघले निर्धारण गरेको सदस्यहरुको नामावली
लाई मतदाताहरुको नामावली प्रकासन गर्नेछ ।
५.२.निर्वाचन समितिले संघका सदस्यहरुको मतदान गर्न पाउने अधिकारलाई सुरक्षीत गर्दै निर्वाचनकार्य सम्पन्न गर्नेछ ।
निर्वाचन समितिले संघको विधान तथा प्रचलित कानुन वमोजीम मताधिकाररहने भनी कार्य समिति द्धारा तयार गरि निर्वाचन समितिलाई दिईएको मतदाता नामावलीमा रहेका सदस्यहरुलाई मात्र मतदानमा सहभागी गराउने आवश्यक व्यवस्या मिलाउनेछ ।
५.३. निर्वाचनमा मतदान प्रयोजनको लागि संघको सचिवालयबाट जारि सदस्यता प्रतिनिधि कार्डलाई नेपाली नागरिकता वा ड्राइभिङ लाइसेन्स वा नेपाल सरकारले जारी गरेको फोटो सहितकोआधिकारीक सक्कल प्रमाणपत्रलाई पहिचानको आधार बनाईने छ ।
६. निर्वाचन गर्नु पर्ने पद र संख्याःनेपाल विज्ञापन संघको (आन) २४औ साधारणसभामा निम्न बमोजिम पद र संख्यामा उम्मेदवारीमनोनयन आब्हान गरिएको छ
।
पद संख्याअध्यक्ष १ जना
प्रथम उपाध्यक्ष १ जना
द्धितिय उपाध्यक्ष १ जना
महासचिव १ जना
कोषाध्यक्ष १ जना
सचिव १ जना
सहकोषाध्यक्ष १ जना
सदस्य ७ जना गरी जम्मा १४ पदको लागी निर्वाचन गराउनु पर्नेछ ।
७. उम्मेदवारी दस्तुरःनेपाल विज्ञापन संघको (आन)को २४औ साधारणसभामा निम्न बमोजिम उम्मदवारी दस्तुर कायमगरिएको छ ।
नेपाल विज्ञापन संघको कार्य समितिका पदाधिकारी तथा सदस्यका उम्मेद्धारहरुले निर्वाचन समिति समक्ष निम्न वमोजीमको शुल्क प्रति व्यक्ति नेपाल विज्ञापन संघको (आन) कोआधिकारिक बैक खातामा नगद वा बैक टान्सफर मार्फत जम्मा गरेको भौचर सक्कल वा नगदैदाखिला गरी मात्र उम्मेदवारी दिन सक्ने छ ।
उम्मेदवारले मनोनयन पत्र दाखिल गर्दा एक जनासमर्थक र एक जना प्रस्तावक सहित मनोनयनपत्र दाखिल गर्नु पर्ने छ ।
प्रस्तावक र समर्थक एकपटक मात्र वस्न पाउने छ ।
पद संख्या शुल्क
अध्यक्ष १ जना रु७५,०००।-
प्रथम उपाध्यक्ष १ जना
रु.६०,०००।-द्धितिय उपाध्यक्ष १ जना
रु.५५,०००।-महासचिव १ जना
रु.४५,०००।-कोषाध्यक्ष १ जना
रु.४०,०००।-सचिव १ जना
रु.३५,०००।-सहकोषाध्यक्ष १जना
रु.३५,०००।-सदस्य ७ जना
रु.३०,०००।-
८.उजुरी गर्न सकिने ः
८.१. कुनै सदस्यले यो आचार संहिता उलंघन गरेको भनि कसरी, कहिले, कहा र कुन आचार संहिताउल्लघन गरेको हो सोकोलिखित उजुरी सप्रमण, शिष्ट र सभ्य भाषामा निर्वाचन समिति समक्ष दिनसकिने छ ।
९.उजरी उपर जाचबुझ ः
९.१ प्रकरण ८.१. बमोजिम परेको उजुरीका सम्बन्धमा उजुरीकर्ता, र सम्बधित व्यक्तिहरु र स्वतन्त्रव्यक्ति संग आवश्यक परेमा छलफल समेत गरि उजुरी अनुरुप कारवाही गर्न आवश्यक छ छैन वा आचारण उलंघन भए वा नभएको सम्बन्धमा निर्वाचन समितिले आवश्यक छानबिन गर्न गराउनसक्ने छ ।
९.२. कुनै सदस्यले आचर संहिता उल्ंघन गरेकोमा सजाय गर्नु पुर्व सफाई पेश गर्ने मौका दिइनेछ ।
९.३. कुनै सदस्यले आचर संहिता उल्ंघन गरेकोमा सजाय गर्नु पुर्व तोकिएको समय सिमा भित्र सफाई पेश नभएमा वा पेश भएको सफाइमा चित्त नबुझेमा निम्न बमोजिमको सजाय गर्न कार्यसमितिमा सिफारिस गर्नेछ र कार्यसमितिको निणर्य बमोजिम सजाय निर्धारण हुनेछ ।
कार्यसमितिले गरेको निणर्य उपर चित्त नबुझेमा संघको आगामी साधारण सभामा पुनरावेदन गर्न सकिने छ ।
क) सचेत गराउने,
ख) संघको सदस्यता ३ महिना निलम्बन गर्ने,
ग) संघको कुनै पदमा बहाल रहेको भए सो पदबाट हटाउने ।
९.४ कुनै सदस्यले आचर संहिता उलघन गरेकोमा उजुरवालाको नाम गोप्य राखिनेछ

